skip this News Page Tips Ad Road Block

नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्यो ‘इज अन वालेट’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि ‘इज अन वालेट’ को घोषणा गरेको छ। जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा अगाडि चल्ने यो अफरमा ग्राहकहरूले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउन्नेछन् । यो अफर नेपालभरका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन भइरहेको छ, जसमा ग्राहकहरूलाई नयाँ ईभी मोडलहरू अनुभव गर्ने, विशेष अफर र सुविधाहरूको लाभ लिने र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउने कम्पनीले जनाएको छ ।

यो सीमित अवधिको अफरको लाभ लिने ग्राहकहरूले आफ्नो अनुभवलाई अझ उत्कृष्ट बनाउन डिजाइन गरिएका विशेष सुविधाहरूको प्राप्त गर्ने कम्पनीको भनाइ छ । यसमा चार्जिंगका लागि ७ किलोवाट प्लस ३.५ किलोवाट चार्जर, एक वर्षको अटो–प्लस बीमा र एक वर्षको सवारी कर समावेश छन्। थप रूपमा, ग्राहकहरूले निःशुल्क एसेसरीज , प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार, र हरेक बुकिङमा माउन्टेन फ्लाईट प्राप्त गर्ने कम्पनीले जनाएको छ।

उत्साह थप्दै, चार भाग्यशाली ग्राहकहरूले अन्नपूर्ण बेस क्याम्पमा हेलिकप्टर राइड जित्ने अवसर पनि पाउने कम्पनीको भनाइ छ ।

यो अफर सीमित समयको लागि मात्र मान्य हुने भएकाले इच्छुक ग्राहकहरूलाई मूल्य बढ्नु अघि आफ्नो नजिकको नामी र सेरेसको शोरूम वा अधिकृत डिलरमा गई यी विशेष सुविधाहरूको लाभ लिन सक्ने कम्पनीको भनाइ छ ।

Health Tips Ad Road Block