skip this News Page Tips Ad Road Block

शौर्य ऊर्जा उत्पादनमा सक्रिय ईस्ट सोलार कम्पनीको आईपीओ आउँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सौर्य ऊर्जा उत्पादन गर्दै आएको ईस्ट सोलार लिमिटेडले साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको हो । कम्पनीले आईपीओ निष्कासनको तयारीस्वरूप नेशनल क्यापिटल नेपालसँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता गरेको हो ।

सम्झौतापछि ईस्ट सोलारका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले झापा जिल्लाको बैगुनधुरामा निर्माण गरिएको ५ मेगावाट क्षमताको बैगुनधुरा सोलार परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार आयोजना निर्माण सम्पन्न हुने र आईपीओ निष्कासन प्रक्रिया एकैसाथ अघि बढाउने उद्देश्यले निष्कासन व्यवस्थापकसँग सम्झौता गरिएको हो । ‘बैगुनधुरा, झापामा निर्माण भएको ५ मेगावाट क्षमताको सोलार परियोजनाको निर्माण करिब सम्पन्न भइसकेको छ । आयोजना सञ्चालनमा आउने समयमै आईपीओ जारी गर्ने लक्ष्यका साथ आज नेशनल क्यापिटलसँग सम्झौता गरेका हौँ ।’, उनले भने ।

कम्पनीले पब्लिक लिमिटेडमा रूपान्तरण हुने प्रक्रिया अघि बढाइरहेको र आईपीओमार्फत सर्वसाधारणलाई पनि कम्पनीको स्वामित्वमा सहभागी गराउने तयारी गरेको जनाएको छ । सम्झौताबारे जानकारी दिँदै नेशनल क्यापिटल नेपालका प्रमुख कार्यकारी अधिकृत अर्पण खनालले ईस्ट सोलारलाई सार्वजनिक कम्पनीका रूपमा अघि बढाउने प्रक्रियाअन्तर्गत आफ्नो संस्थाले निष्कासन व्यवस्थापनको जिम्मेवारी लिएको बताए । उनले नेशनल क्यापिटल नेपाल नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकर भएको उल्लेख गर्दै पोर्टफोलियो व्यवस्थापनसँगै निष्कासन व्यवस्थापन संस्थाको प्रमुख सेवामध्ये एक रहेको बताए ।

खनालले सरकारले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य लिएको सन्दर्भमा निजी क्षेत्रको विस्तार र पुँजी बजारको विकास अपरिहार्य रहेको बताए । उनका अनुसार हाल अधिकांश वित्तीय स्रोत बैंकिङ प्रणालीमै केन्द्रित रहेकाले कम्पनीहरूले बैंक ऋणमा मात्र निर्भर नभई पुँजी बजारमार्फत दीर्घकालीन लगानी जुटाउने अभ्यासलाई विस्तार गर्न आवश्यक छ ।

Health Tips Ad Road Block