skip this News Page Tips Ad Road Block

तोलामा २७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढेको छ । आइतबारदेखि बिहीबारसम्म लगातार घटेको सुनको मूल्य आज साताको अन्तिम दिन शुक्रबार भने बढेको हो ।

बजारमा सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेर तोलाको ४५१० रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block