Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

धनुषाधाममा राष्ट्रिय वाणिज्य बैंकको २९७ औं शाखा सञ्चालनमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका.वडा न.३ स्थित २९७ औं शाखा कार्यालय धनुषाधाम विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषाधाम नगरपालिकाका नगरप्रमुख वालेश्वर मण्डल र बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाले ताम्रपत्र अनावरण र रिबन काटेर शनिबार एक समारोहका बीच शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा नगरप्रमुख वालेश्वर मण्डलले धनुषाधाम क्षेत्र पर्यटकीय र कृषि क्षेत्रसँग जोडिएकाले यस क्षेत्रमा बैंकले प्राथमिकताका साथ लगानी गर्नुपर्ने बताए । बैंकमा सरकारको लगानी भएकाले यो जनताकै बैंक हो र नागरिकले यस बैंकसँग बैंकिङ्ग कारोबार गर्नुपर्ने उनले बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले ७७ वटै जिल्लामा प्राथमिकताका साथ शाखा स्थापना गर्ने योजना बमोजिम शाखा विस्तार गरी आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए । उनले अहिले बैंकमा भएको योग्य र दक्ष जनशक्ति नागरिकमा आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्न सक्षम रहेको बताए । उक्त समारोहमा प्रभातफेरी कार्यक्रम गरी नगर परिक्रमा समेत गरिएको थियो ।

बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा धनुषाधाम नगरपालिकाका उपप्रमुख विद्यादेवी भुजेल, धनुषाधाम नगरपालिका ३ न. वडाका अध्यक्ष, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, मधेश प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक कमलेश ठाकुर, कम्पनी सचिव प्रमोद अधिकारी, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका शाखा प्रबन्धकहरु, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २९७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

 

Health Tips Ad Road Block