काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा मूल्य तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला २००५ रुपैयाँ रहेको छ ।






















