Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भिजिट भिसा काण्डः पार्टी भित्रैबाट राजीनामा माग, आफूले राजीनामा दिनुपर्दैन भन्दै गृहमन्त्री लेखकको स्पष्टिकरण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गुहमन्त्री रमेश लेखकले कुनैपनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिँदै जानुपर्ने हो पनि प्रतिप्रश्न गरेका छन् । सञ्चारकर्मीहरुसित संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले यस्तो प्रतिक्रिया दिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषयमा पार्टी भित्र र बाहिरबाट भएको राजीनामा मागपछि गृहमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो । गृहमन्त्री लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने भन्दै हजारौंमा नभएर लाखौका कर्मचारी रहेको र उनीहरुका अनुसन्धान हुनसक्ने बताए । “ गृह मन्त्रालय यत्रो ठूलो मन्त्रालय छ । यसमा हजारमा होइन, लाखमा कर्मचारी छन् । लाखौंलाख कर्मचारीमा संवैधानिक निकाय यसमा अनुसन्धान गर्न सक्षम निकायले कुनैबेला बेला कुनैपनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ ।” उनले भने, “ कुनैपनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिदै जाने हो ? के त्यही पद्धती बसाउने हो ? त्यो सम्भव छ? आजसम्म त्यस्तो भाको छ ? त्यसकारण मैले भनिसके मेरा विरुद्ध राजनीतिक रुपले नियोजित रुपले षडयन्त्रमुलक ढंगले झुटा प्रचारबाजी भइरहेको छ ।”

मन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन नभई आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाट राजीनामा दिने बताएका छन् ।

“ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, यदि मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने प्रमाणित भयो भने म पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु ।” उनले भने, “ म सबैलाई आग्रह गर्दछु मेरा विरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ ।” उनले सो विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेको जानकारी दिएका छन् ।

यता गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ति जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित/प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जारी विज्ञप्तिमा कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारिएको छ । मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको जनाएको छ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त विषयमा छानविन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले आयोगबाट हुने छानविन र अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ ।

यता कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा नैतिकता भन्ने कुरा हुने भए गृहमन्त्रीको संलग्नता नभएपनि इस्यु आइसकेपछि आफू स्वच्छ छु भनेर देखाउन पनि राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने बताएका छन् । राश्वपाले पनि गृहमन्त्रीकाे राजीनामा माग गरेको छ । जनस्तरबाट पनि प्रमाण लोप गराउने क्रियाकलाप हुनसक्ने भन्दै गृहमन्त्रीको राजीनामा माग भएको छ ।

भिजिट भिसाको आवरणमा मानव तस्करी गरेको आरोपमा गृह मन्त्रालयका अधिकारीहरू नै यतिबेला अनुसन्धानको दायरामा छन् । गृह प्रशासन र संगठित गिरोहको मिलेमतोमा तस्करी भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयअन्तर्गतका कर्मचारी प्रशासन महाशाखा, अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका केही कर्मचारीलाई अनुसन्धानको घेरामा राखेको हो । गिरोहसँग मिलेर रकम असुल गर्दै भिजिट भिसामा नागरिकलाई विदेश पठाएको आरोपमा विमानस्थलस्थित प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई बुधबार नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान गरिरहेको छ । अख्तियारका एक अधिकारीका अनुसार यसमा गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको समेत शंकास्पद भूमिका देखिएको छ ।

Health Tips Ad Road Block