भक्तपुर । ‘नवीनतम प्रविधि समृद्ध संस्था, असल श्रम सम्बन्ध आजको आवश्यकता” भन्ने मूल नारासहित भक्तपूर जिल्लाको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय प्रशिक्षण केन्द्रमा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको १२ औं महाधिवेशन सम्पन्न भएको छ । नेपाल सरकारका पूर्व संचार तथा सूचना प्रविधि मन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता, नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पेशागत इन्चार्ज रामेश्वर फुँयाल, पेशागत महासंघ नेपालका अध्यक्ष पूण्य प्रसाद ढकाल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल, नेपाल टेलिकमका संचालक सदस्य लोक बहादुर कटुवालको विशेष आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको थियो ।

महाधिवेशनबाट मणिकुमार पोखरेलको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । संगठनको वरिष्ठ उपाध्यक्षमा आनन्द पौडेल, उपाध्यक्षहरूमा राज किशोर चौधरी, प्रकाश शर्मा, जगत प्रसाद भुसाल, छबीलाल न्यौपाने, सृजना सापकोटा, महासचिवमा श्री गोविन्द ढुंगाना, उपमहासचिवहरूमा वचन ढुङ्गेल, दिपक चौलागाईं, सचिवहरूमा रोशन पाण्डे, कमल खत्री, सावित्रा भट्टराई, कोषाध्यक्षमा मेघराज पोखरेल, सह–कोषाध्यक्षमा शालिकराम आचार्य चयन भएका छन् । त्यस्तै सदस्यहरूमा प्रेमकला सम्बाहाम्फे, शान्ति शर्मा बराल, गायत्री थापा, भिम कुमार राई, राम बाबु सिंह, रुद्र प्रसाद काफ्ले, युवराज अधिकारी, कृष्ण बहादुर थापा, अशोक हिङ्गमांग, प्रदीप ज्ञवाली, रमेश पाठक, प्रेम प्रसाद रिजाल, कुमार बहादुर चुहान, डिल्लीराज दुलाल, ज्ञानेन्द्र कार्की, केशव प्रसाद भुसाल, अजय कुमार काफ्ले, निल कमल बुर्जा, लक्ष्मी प्रसाद पराजुली, कामेश्वर पण्डित, मेघनाथ ढकाल, गणेश प्रसाद काफ्ले, रुक्मांगत सापकोटा, राम कुमार बस्नेत, माधव प्रसाद जोशी सहित ४१ जनाको केन्द्रीय समिति निर्वाचित भएका छन् ।
साथै महाधिवेशनमा कम्पनीको समसामयिक अवस्थामा छलफल गर्दै आम कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि सङ्गठन अझ सशक्त ढङ्गले क्रियाशील रहने सङ्कल्प गर्दै १४ बुँदे प्रस्ताव पारित गरेको छ ।
महाधिवेशनमा केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो । महाधिवेशनमा विगतमा सङ्गठनले कम्पनि, कर्मचारी र सेवा ग्राहीको पक्षमा खेलेको भूमिकाको समीक्षा गर्दै सङ्गठनले आगामी दिनमा कर्मचारी, कम्पनी तथा ग्राहकको बृहत्तर हितको लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा गहन विचार विमर्श गरिएको थियो ।























