Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

औद्योगिक करिडोरमा नियमित विद्युत आपूति गर्न माग

Citizenlife ad 2082 falgun to baishak 2083

विराटनगर । सुनसरी–मोरङ, विराटनगर–रानी, विराटनगर–कटहरी औद्योगिक करिडोरमा हाल दैनिक ८ देखि १० घण्टासम्म विद्युत आपूर्ति अवरोध भईरहेको प्रति उद्योग संगठन मोरङले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

बिना पूर्वसूचना भईरहेको विद्युत कटौतिले उद्योग व्यवसायको नियमित सञ्चालनमा व्यवधान सिर्जना भई उत्पादन कटौति गर्न वाध्य हुनुका साथै दैनिक करौडौको आर्थिक नोक्सानी व्यर्होर्नु परिरहेको भनि संगठनले विद्युत प्राधिकरणलाई सम्वेदनशिल हुन आग्रह गरेको छ ।

हरेक वर्ष सुख्खायाममा विद्युत आपूर्ति कमी भई उद्योग व्यवसायमा अवरोध हँुदै आएको तथ्य र तथ्यांकसहित संगठनले बारम्बार ध्यानाकर्षण गराउँदा समेत दीर्घकालिन समाधानका लागि नियामक निकायबाट कुनै ठोस योजना नआएकोमा दुख व्यक्त गर्दै उद्योग व्यवसायको समस्यालाई गम्भिरतापूर्वक नलिने प्रवृतिले प्राधिकरण नीजि क्षेत्रको प्रताडनाबाट सम्वदेनशिल नभएको अनुभूति भएको संगठनका अध्यक्ष राकेश सुरानाको ठम्याई छ ।

प्राधिकरणको नयाँ नेतृत्व विद्युतको नियमित आपूर्ति र गुणस्तर सुधारमा केन्द्रित हुने अपेक्षा लिएतापनि त्यसतर्फ प्राधिकरणले खासै चासो नदेखाई नाफा र नोक्सानीमा केन्द्रित हुनाले उद्योग व्यवसाय थप प्रताडित हुन पुगेको अध्यक्ष सुरानाले वताए ।

उनले सुख्खायाममा एकातर्फ विद्युत महशुल बढी लिने र अर्कातर्फ विद्युत निरन्तर आपूर्ति समेत नगरिदिनाले उद्योग, व्यवसाय दाहोरो मारमा परेका बताउँदै उद्योग, व्यवसाय क्षेत्रले सुख्खायाममा निरन्तर विद्युत आपूर्तिको अभावमा व्यर्होनु परेको कठिनाई र यसबाट समग्र औद्योगिक क्षेत्रको मूल्य श्रृंखलामा परेको नकारात्मक प्रभावलाई गम्भिरतापूर्वक लिई विद्युत आपूर्तिको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्नका साथै नियमित आपूर्तिको व्यवस्था गर्न प्राधिकरण समक्ष माग गरेका छन् ।

Health Tips Ad Road Block