Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आक्र्स ग्रुपले नेपालमा भित्र्यायो १४ सिटे जुबाओ विद्युतीय भ्यान, स्वयम्भू हारती टुर्सलाई १८ थान भ्यान हस्तान्तरण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आक्र्स ग्रुपले नेपालमा जुबाओ विद्युतीय भ्यान भित्र्याएको छ । कम्पनीले १४ सिटे विद्युतीय भ्यान ल्याएको हो । यसप्रति प्रारम्भिक दिनमै व्यवसायीको आकर्षण बढेको पाइएको छ ।

आक्र्स ग्रुपले सोमबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी स्वयम्भू हारती टुर्स एण्ड ट्राभल्स प्रालिलाई १८ थान जुबाओ भ्यान हस्तान्तरण गरेको छ ।

जुबाओ ईभी थ्यान चीनको एफएडब्लू जिलिन् कम्पनीद्वारा उत्पादन गरिएको एक अत्याधुनिक इलेक्ट्रिक गाडी हो ।

जुबाओ विद्युतीय भ्यान विशेषगरी समूह यात्रा, शटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त रहेको जनाइएको छ । कम्पनीका अनुसार यो गाडीले वातावरणमैत्री र न्यून सञ्चालन खर्चका साथ यात्रामा आरामदायक सुविधा प्रदान गर्दछ । आक्र्स ग्रुपद्वारा नेपाली बजारमा उपलब्ध गराउँदै आएको यो भ्यान, हरित र दिगो यातायातको उत्कृष्ट विकल्प बनेको बताइएको छ ।

Health Tips Ad Road Block