काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढेको छ । नौ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।
यो अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
शोधनान्तर स्थिति रु.३४६ अर्ब २३ करोडले बचतमा रहेको छ । यो अवधिमा कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार नेपाल सरकारको खर्च रु.९९८ अर्ब ५२ करोड र राजस्व परिचालन रु.८३१ अर्ब ४० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ६.२ प्रतिशतले बढेको छ ।
केन्द्रीय बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ ।
यस्तो छ देशको वर्तमान आर्थिक अवस्था: