skip this News Page Tips Ad Road Block

आज सरकारको नीति तथा कार्यक्रम पारित गरिँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । सम्भावित कार्यसूचीअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसैगरी राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूची तय भएको छ ।

राष्ट्रियसभामा पनि प्रतिनिधिसभामा जस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची निर्धारण गरिएको छ । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ ।

Health Tips Ad Road Block