काठमाडौं । एमबिएस परीक्षाको प्रश्नपत्र आउट गर्ने थप २ जना पक्राउ परेका छन् । शिक्षा ऐन, २०२८ अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रौतहट राजदेवी नगरपालिका–४ बस्ने २५ वर्षीय अतुल कुमार मिश्र र पर्सा वीरगंज महानगरपालिका–२१ बस्ने बारा घर भएका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले अतुललाई काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट आइतबार र अब्दुललाई पर्सा वीरगंज महानगरपालिका–८ बाट सोमबार पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले गत ८ गते त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायतर्फको एमबिएस प्रथम सेमेष्टरकोMGT 515: Organizational Behaviour विषय परीक्षाको प्रश्नपत्र विभिन्न वाट्सएप समुहहरूमा साझा गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

















