काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
आज मूल्य घटेर सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला ४३२० रुपैयाँमा पुगेको छ ।

















