Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘सरकारले पूर्वाधार निर्माणलाई गति दिने, यातायात अवरुद्ध हुन नदिन निर्देशन’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अहिलेको सरकारले पूर्वाधार निर्माण तथा विकासका सबै क्षेत्रलाई गति दिएको बताएका छन् । आईतबार काठमाडौंको कपन क्षेत्रमा सडक अनुगमन तथा निरीक्षणका क्रममा उनले गठबन्धनमा रहेका दलहरुबीचमा दर्विलो विश्वास र सहकार्य रहेकै कारण विकास निर्माणले गति लिएको बताए ।

स्थानीयबासीले सो क्षेत्रमा खोला व्यवस्थापन तथा सडक निर्माणका लागि मन्त्री दाहाल समक्ष माग गरेका थिए । त्यस क्रममा उनले विकासका विभिन्न क्षेत्रहरु विभिन्न मन्त्रालय तथा निकायका कार्यक्षेत्रमा पर्ने भएकाले ति सबै निकायहरुबीच समन्वय गरि जनअपेक्षा पूरा गरिने बताए ।

अहिले देश निर्माणको क्रममा रहेकाले पूर्वाधारहरुको विकासले नागरिकको जीवन स्तरमा पनि परिवर्तन ल्याईरहेको उनले जनाए । सडक सञ्जालको विकासले शिक्षा, स्वास्थ्य जस्ता सेवा लिन सहज हुनका साथै ग्रामिण क्षेत्रमा स्वरोजगारी र उद्यमशिलताको विकास भई रहेको पनि मन्त्री दाहालले बताए ।

देशका विभिन्न राजमार्गहरु अहिले निर्माण तथा स्तरोन्नतीका क्रममा रहेकाले केही स्थानमा सवारी साधन सञ्चालनमा समस्या भए पनि सके सम्म यातायात अवरुद्ध हुन नदिने गरि काम भई रहेको उनको भनाई छ । वर्षायाम शुरु हुनै लागेकाले निर्माणाधिन सडकहरुमा यातायात अवरुद्ध हुन नदिन उनले सडक विभाग तथा आयोजनाहरुलाई निर्देशन पनि दिए ।

सडक निरीक्षण टोलीमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने, सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारी, ईन्जिनियर प्रमोद खतिवडा लगायतका कर्मचारी तथा प्राविधिकहरु सहभागी थिए ।

Health Tips Ad Road Block