Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल–अजरबैजानबीच ऊर्जा पूर्वाधार, जलविद्युत र पर्यटनजस्ता क्षेत्रमा सहकार्य गर्न सकिने संभावनाको उजागर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल तथा आजरबैजानबीच भौगोलिकरुपमा धेरै दूरी भएतापनि धेरै समानता रहेको वक्ताहरुले बताएका छन् । यसैगरि दुई देशबीच ऊर्जा पूर्वाधार, जलविद्युत र पर्यटनजस्ता क्षेत्रमा सहकार्य गर्न सकिने प्रसस्ता संभावना रहेको पनि उनीहरुको भनाइ छ ।

एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स (एआईडिआईए) ले काठमाडौंमा आयोजना दोस्रो एआईडिआईए व्याख्यान श्रृङ्खला अन्तर्गत प्रमुख वक्ताका रुपमा रहेका अजरबैजानका परराष्ट्र मन्त्रालयका उपमन्त्री एलनुर मामादोभले पनि नेपाल अजरबैजाबीच सहकार्यका धेरै संभावना रहेको बताएका छन् ।

उनले “अजरबैजानको परराष्ट्र नीतिः चुनौतीहरू र अवसरहरू” विषयमा आफ्ने मन्तब्य दिँदै अजरबैजानको परराष्ट्र नीतिका प्राथमिकता तथा नेपाल अजरबैजाबीच रहेका असंख्य संभावनाहरूकाबारे प्रकाश पारे ।

मामादोभले अजरबैजानका परराष्ट्र नीतिका प्राथमिकताहरूको रूपरेखा प्रस्तुत गर्दै अजरबैजानको आफ्नै भूमिमाथि अर्को राष्ट्रले गरेको कब्जा, शान्ति सम्झौता, सीमा निर्धारण र सञ्चार सम्पर्कहरू पुनःस्थापनाका बारेमा पनि चर्चा गरे।

मामादोभले अजरबैजानले अन्तर्राष्ट्रिय कूटनीतिमा सक्रिय सहभागिता जनाइरहेको कुरा जोड दिँदै असंलग्न आन्दोलन (नाम)को अध्यक्षतामार्फत “ग्लोबल साउथ” मुलुकहरूको लागि यो एक महत्वपूर्ण प्लेटफर्म भएको बताए। नेपाल पनि यसै आन्दोलनको एउटा पक्ष राष्ट्र भएका कारण नेपाल तथा अजरबैजानले यो लगायत विभिन्न अन्तर्राष्ट्रिय मन्चहरुमा सँगै सहभागिता जनाएको स्मरण गरे।

साथै, उनले कोभिड–१९ महामारीको विश्वव्यापी व्यवस्थापनमा अजरबैजानको नेतृत्वको चर्चा गर्दै कोप२९ सम्मेलनको सफल आयोजना गरेको उल्लेख गरे।

अजरबैजानको आन्तरिक हरित उर्जा रूपान्तरणलाई उजागर गर्दै उपमन्त्रीले सन् २०२७ भित्र कुल विद्युत् उत्पादनको ३०–३३ प्रतिशत नवीकरणीय ऊर्जा स्रोतबाट उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिए। उनले अजरबैजानको सफल इ–गभर्नमेन्ट प्लेटफर्म ‘आसान’को पनि परिचय दिए। आसानले सार्वजनिक सेवा प्रवाहमा क्रान्तिकारी परिवर्तन ल्याएको बताउँदै उनले यस प्रणालीलाई नेपाल सरकारले पनि कार्यान्वयन गर्न चाहे अजरबैजानले सहयोग गर्ने प्रस्ताव राखे।

कर्यक्रमको सुरुमा स्वागत मन्तव्य दिँदै एआईडिआईएका संस्थापक सुनिल केसीले नेपाल र अजरबैजानबीच द्विपक्षीय सम्बन्ध अझ सुदृढ गर्नु आवश्यक रहेकोमा जोड दिए। उनले ऊर्जा पूर्वाधार, जलविद्युत् र पर्यटनजस्ता सम्भावित सहकार्य क्षेत्रहरूको चर्चा गर्दै यी क्षेत्रहरू दुवै देशका लागि लाभदायक हुन सक्ने पनि बताए। दुवै देशका सरकारलाई हालका सम्पर्कहरूलाई थप मजबुत पार्न र दीर्घकालीन सहकार्य निर्माण गर्न पनि उनले आग्रह गरे।

उक्त अवसरमा राष्ट्रिय सभा सदस्य तथा नेपाल–अजरबैजान संसदीय कार्यदलकी संयोजक डा. अञ्जन शाक्यले भौगोलिक दूरी हुँदाहुँदै पनि दुवै देशबीच रहेको ऐतिहासिकताको चर्चा गरिन्। कृषि, कार्पेट तथा उत्पादन क्षेत्रमा व्यापारको अपार सम्भावना भए पनि अहिलेको व्यापार सम्बन्ध निकै न्यून रहेको उल्लेख गर्दै उनले शैक्षिक तथा सांस्कृतिक आदानप्रदानलाई सबैभन्दा सार्थक द्विपक्षीय संलग्नता क्षेत्रको रूपमा औँल्याइन्।

डा. शाक्यले २०१५ को भूकम्पपछिको मानवीय सहयोगप्रति अजरबैजानप्रति नेपालको आभार व्यक्त पनि गरिन्। साथै, उनले नेपाल–अजरबैजान संसदीय कार्यदललाई पुनः सक्रिय पार्न र सिधा हवाई सम्पर्क, सजिलो भिसा प्रक्रिया, तथा व्यापार आदानप्रदान बढाउने प्रस्ताव पनि राखिन्।

नेपालका लागि अजरबैजानका गैर आवासीय राजदूत एल्चिन हुसेनलीले राजनीतिक, आर्थिक तथा सांस्कृतिक पक्षहरूमार्फत नेपालसँगको सम्बन्धलाई अगाडि बढाउन अजरबैजान प्रतिबद्ध रहेको दोहो¥याए।

उपमन्त्री मम्मेदोभ हाल एक उच्चस्तरीय अजरबैजानी प्रतिनिधिमण्डलसहित नेपालको औपचारिक भ्रमणमा रहेका छन। कुटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्षमा यसपटक पहिलो पटक उच्चस्तरीय अजरबैजानी प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको हो।

Health Tips Ad Road Block