ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

शिक्षकहरुको आन्दोलनमा पुगेर नेकपा एसले जनायो ऐक्यद्धता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले शिक्षकहरूको आन्दोलनलाई ऐक्यद्धता जनाएको छ। सोमबार २७ दिनदेखि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलनरत शिक्षकहरू माझ पुगेर पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, पार्टीका वरिष्ठ नेता प्रमेश हमाल, पार्टीका पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशीलगायत शीर्ष नेताहरूले ऐक्यवद्धता जनाएका हुन् ।

आइतबार पार्टीको केन्द्रीय सचिवालयले गरेको निर्णयअनुसार शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउने कार्यक्रम सम्पन्न गरिएको हो। पार्टी अध्यक्ष, सम्मानित नेता र पदाधिकारीहरू आन्दोलनस्थल पुगेपछि आन्दोलनरत शिक्षकहरू उत्साहित भएका थिए ।

पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख ज्वालाकाअनुसार पार्टी अध्यक्षलगायत कुनै पनि नेताले भाषण गर्ने कार्यक्रम नरहेको र सोही अनुसार ऐक्यवद्धता जनाएर फर्किएको बताएका छन् । उनले भने, ‘पार्टी अध्यक्षलगायतका नेताहरू आन्ददोलन स्थलमा पुगेपछि शिक्षक साथीहरू अत्यन्तै उत्साहित बन्नुभएको थियो। कुनै नाराबाजी भएको थिएन।’

Health Tips Ad Road Block