काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ३५ अर्ब रुपैयाँ उठाउँदै छ । केन्द्रीय बैंकले बजारको तरलता व्यवस्थापनको लागि आज ३५ अर्ब रुपैयाँ उठाउन लागेको हो ।
राष्ट्र बैंकले बोलकबोलमार्फत २१ दिनका लागि ३५ अर्ब रुपैयाँ उठाउन लागेको जनाएको छ । यसका लागि बैंक र वित्तीय संस्थाहरुसँग प्रस्ताव माग गरिएको छ । यसका लागि घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिनेछ ।
आज ३ बजे अनलाइनमार्फत यसको बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले वैशाख ३१ गते सावाँ र ब्याज भुक्तानी गर्ने जनाएको छ ।






















