काठमाडौं । बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबार हिजो १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएर नेपाली बजारमा रेकर्ड बनाएको सुनको मूल्य आज बुधबार तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला १९६५ रुपैयाँ रहेको छ ।






















