Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले नेपालमा बिक्री हुने सबै बीवाईडी इलेक्ट्रिक भेइकल ईभीमा व्यापक विस्तारित वारेन्टी नीति अर्थात् कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागु गर्ने घोषणा गरेको छ । ईभीको आफ्टर सेल्सस पोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने आशा गरिएको छ ।

बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टिर आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउने भएको हो । सो वारेन्टी अन्तर्गत निम्न कभरेज उपलब्ध हुनेछन् ।

ब्याट्री वारेन्टी

पहिले उपलब्ध ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्याइएकोछ । यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज भएको कम्पनीको दाबी छ ।

मोटर वारेन्टी ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्याइएको छ । यसले हाम्रा मूल्यवान ग्राहकहरुमा लामो समयसम्म मानसिक शान्ति सुनिश्चत गर्ने कम्पनीको भनाइ छ ।

होल भेइकल वारेन्टी–लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सनर बल ज्वाइन्ट लगायतका कम्पोनेन्टमा हाल उपलब्ध ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलो मिटर पुर्याइएको छ ।

जनरल भेइकल पाट्र्स वारेन्टी–अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटर लगायतका विभिन्न पाट्र्स वाहेकका सबै भेइकल पाट्र्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७.५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटर पुर्याइएको छ ।

यो एक्सटेन्डेड वारेन्टी नीतिले बीवाईडी ईभीको टिकाउपना, राम्रो पर्फमेन्स र विश्वसनियता प्रतिको बलियो विश्वासलाई झल्काउँछ । ग्राहकलाई एउटा विश्वासको अनुपम भावना र दीर्घकालीन आश्वासन प्रदान गर्ने गरी यसको डिजाइन गरिएको छ,जसले ईभीको अपनत्वलाई एउटा तनाव रहित अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यो नयाँ अपडेटको वारेमा बोल्दै साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हाम्रो यो एक्सटेन्डेड वारेन्टीले बीवाईडीको अत्याधुनिक विद्युतीय सवारी प्रविधि प्रति हाम्रो दृढ विश्वास र हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउँछ। विद्युतीय सवारीतर्फको रुपान्तरण तीव्र गतिमा अगाडि बढिरहेको समयमा, यो पहलले हाम्रा ग्राहकहरू माझ दीर्घकालीन विश्वास र निष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिएका छौं ।’

अटोमोबाइल उद्योगकै उत्कृष्ट आफ्टर सेल्सस पोर्टका साथ अत्याधुनिक सवारी साधन उपलब्ध गराएर विद्युतीय सवारीको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न साइमेक्स सदैव प्रतिबद्ध रहेको जनाएको छ । नेपालभर रहेका १३ भन्दा बढी अत्याधुनिक सर्भिससेन्टर तथा बढ्दो सेल्स र चार्जिङ नेटवर्कमार्फत बीवाईडीका ग्राहकले आफनो यात्राको क्रममा जहाँबाट पनि व्यापक सपोर्ट प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

परिमार्जित वारेन्टी नीतिको वारेमा विस्तृत जानकारीका लागि ग्राहकहरुले नजिकको बीवाईडी शोरुम वा आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नेसक्ने कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block