Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आईटी विद्यार्थीलाई छात्रवृत्ति घोषणा, क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच सहकार्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ ९क्यान महासंघ० र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डिजिटल प्रविधिको प्रवर्द्धनका लागि दीर्घकालीन सहकार्य गर्न सम्झौता भएको छ । सम्झौताअनुसार दुई संस्थाले नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास र दक्ष जनशक्ति उत्पादनमा मिलेर काम गर्ने भएका छन् । विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्र ध्वज जोशी र क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा विश्वविद्यालय र क्यान महासंघले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, डिजिटल प्रविधिको अनुसन्धान र विकासमा सहयोग गर्ने, विभिन्न तालिम, सेमिनार र ज्ञान सञ्जाल कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ । साथै, विद्यार्थीहरूलाई उद्योगमा इन्टर्नशिपको अवसर प्रदान गर्ने र उद्योग–शिक्षा सहकार्यलाई प्रोत्साहित गर्ने कार्ययोजना पनि छ ।

दुवै पक्षका तर्फबाट फोकल पर्सन तोकिएको छ । यसअनुसार विश्वविद्यालयबाट उपप्राध्यापक डा. राजीव सुब्बा र महासंघबाट निवर्तमान अध्यक्ष रणजित कुमार पोदारले सहकार्यका कार्यक्रमहरूलाई समन्वय गर्नेछन् ।

यस सम्झौता आगामी पाँच वर्षसम्म कायम रहने र आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा विस्तार वा परिमार्जन गर्न सकिने बताइएको छ । दुई पक्षीय समझदारीअनुसार पारस्परिक विश्वास, पारदर्शिता र आत्मनिर्भर सहकार्यको सिद्धान्तमा आधारित रहेर काम गरिनेछ ।

यसैबीच मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर तहका दुई आईटी शैक्षिक कार्यक्रमका लागि छात्रवृत्ति उपलब्ध गराउने छ । आगामी २०२५ मे १६ बाट सुरु हुने शैक्षिक सत्रका लागि मास्टर अफ एप्लाइड साइन्स (एमएएस) इन आर्टिफिसियल इन्टेलिजेन्स र मास्टर अफ एप्लाइड साइन्स इन डेटा साइन्स कार्यक्रममा आंशिकदेखि पूर्ण छात्रवृत्तिसम्म (२५ देखि १०० प्रतिशतसम्म) शुल्क छुट प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।

पूर्णकालीन (फुल टाइम) दुई वर्षे अनुसन्धानमुखी यी शैक्षिक कार्यक्रम अध्ययन गर्न मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तहमा विज्ञान, इन्जिनियरिङ, प्रविधि वा अन्य सम्बन्धित विषयमा न्यूनतम ४।० जीपीए स्केलमा २.७५ (वा अन्तर्राष्ट्रिय समकक्षता) हासिल गरेको हुनुपर्नेछ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले यी कार्यक्रमहरूमा भर्ना हुने विद्यार्थीलाई सिट उपलब्धता अनुसार छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ ।

आवेदन दिने अन्तिम म्याद २०२५ अप्रिल २३ सम्म रहेको छ भने छनोट भएका विद्यार्थीको नाम अप्रिल २६ मा प्रकाशित हुनेछ । आवेदन अनलाइन कअजयबिचकजष्उ।अबल।यचन।लउ मा उपलब्ध फाराम भर्न सकिनेछ ।

क्यान महासंघले आफ्ना सदस्यहरूमाझ प्रचारप्रसार गरी इच्छुक अधिकतम व्यक्तिहरूले यी शैक्षिक कार्यक्रममा भर्ना आवेदन दिन आह्वान गर्ने बताइएको छ ।

सम्झौतापछि क्यान महासंघकी अध्यक्ष घिमिरे पाण्डेले नेपालमा आईसीटी क्षेत्रको विकास र नवप्रवर्तनको संस्कृति निर्माणमा यो साझेदारी ऐतिहासिक हुने बताइन् । “नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्याणउन अब आवश्यक कदम नै प्रविधि क्षेत्रमा आधारित शैक्षिक तथा अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्नु हो । यही सोचअनुसार हामीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्ने निर्णय गरेका हौं । यो साझेदारी नेपालमा आईसीटी क्षेत्रको विकास र नवप्रवर्तनको संस्कृति निर्माणमा ऐतिहासिक हुनेछ भन्ने विश्वास लिएकी छु,” उनले भनिन् ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्र ध्वज जोशीले यो सहकार्यले विश्वविद्यालयका डिजिटल प्रविधि सम्बन्धी कार्यक्रमहरूलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे । उनले भने, “हामीले पछिल्ला वर्षहरूमा डिजिटल प्रविधिसँग सम्बन्धित कार्यक्रमहरूमा प्राथमिकता दिँदै आएका छौं । अब निजी क्षेत्रको सहभागितासँगै ती कार्यक्रमहरू थप सशक्त र व्यावसायिक बन्नेछन् । क्यान महासंघसँगको सहकार्यले विद्यार्थीहरूलाई समय सान्दर्भिक ज्ञान र सीप दिनुका साथै अनुसन्धान तथा नवप्रवर्तनलाई समेत प्रोत्साहन गर्नेछ भन्ने विश्वास लिएको छु ।”

Health Tips Ad Road Block