काठमाडौं । सुनको मूल्यले आज वैशाख ४ गते बिहीबार नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ ।
हिजोको तुलनामा मूल्य तोलामा ३६०० रुपैयाँले बढेर १ लाख ९० हजार ६०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला १९६० रुपैयाँमा कारोबार भइरहेको छ ।






















