काठमाडौं । सुनको कारोबार भएको २०८२ सालको पहिलो दिन वैशाख २ गते मंगलबार मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ ।
चैत ३१ गते १ लाख ८६ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएर रेकर्ड बनाएको सुन आज प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १९४५ रुपैयाँमा रहेको छ ।






















