skip this News Page Tips Ad Road Block

कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पाद्धारा ३१ औं पटक सगरमाथाको आरोहण हुँदै, लुम्बिनी विकास बैंकले गर्यो बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकालदेखि नै निरन्तर सहयात्रा गर्दै आएका कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेका छन् । सो अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना गरिएको छ । कीर्तिमानी पर्वतारोही शेर्पाले लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटकसम्म सर्वोच्च शिखर सगरमाथामा पुर्याइसकेका छन् र पुनः बैंकको लोगो पुर्याउने उद्देश्यअनुरुप कार्यक्रम गरिएको हो ।

कार्यक्रममा तेस्रोपटक बैंकको लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुरर्याउनको लागि बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले कीर्तिमानी पर्वतारोही शेर्पालाई हस्तान्तरण गरे ।

कीर्तिमानी पर्वतारोही शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकमा निरन्तर सहयात्री बनी आबद्घ छन् । उनको यो कीर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले ३१ औं आरोहण गर्न लागेको जानकारी दिए । उनको यस साहसिक कार्यले लुम्बिनी विकास बैंकलाई गौरवान्वित बनाएको बैंकले जनाएको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

 

Health Tips Ad Road Block