skip this News Page Tips Ad Road Block

‘यामाहा ब्लू फेस्ट’ भृकुटीमण्डपमा आजदेखि सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे सवारी एक्सचेन्ज ईभेन्ट्स मध्ये एक, बहुप्रतिक्षित ‘यामाहा ब्लू फेस्ट’ मार्फत दुई–पाङ्ग्रे सवारी प्रेमीहरूलाई आकर्षित पार्ने तयारी गरेको छ । यो अवसर चैत्र २८(आज), देखि वैशाख ३, २०८२ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने कम्पनीले जनाएको छ। एक सातासम्म जारी रहने यो कार्यक्रमले बाइक एक्सचेन्ज मात्र नभई यामाहाको मूल मूल्यहरूलाई परिभाषित गर्ने एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्स प्रदर्शन गर्ने कम्पनीको भनाइ छ।

यामाहाको प्रशंसक अथवा यामाहामा स्विच गर्न खोज्दैछन् भने यामाहा ब्लू फेस्टले अतुलनीय एक्सचेन्ज डिलहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीले कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटफेर गर्न सकिने, कुनै पनि यामाहा बाइक वा स्कुटरमा रु. ५०,००० को मिनिमम भ्यालुएसन, अन्य कुनै पनि ब्रान्डमा रू. २५,००० न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य), एक्सचेन्जमा अतिरिक्त रु. १०,००० मूल्याङ्कन बोनस, कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९ प्रतिशत को फाइनान्सिंग, यामाहा थ्रिल अफ थ्री योजनाको साथ रु. १,००,००० सम्म नगद छुट, थ्रिल अफ थ्रीविज्ञापन सेयर गरी रु. १,००० जित्न सकिने, विज्ञापनको स्क्रिनसट देखाई रु. ५०,००० सम्म नगद छुट जित्न सकिने, यामाहा खरिद गरी रु. १,००,००० सम्म नगद छुट जित्न सकिने कम्पनीको भनाइ छ ।

विविधतायुक्त र बलियो प्रडक्ट रेन्जको लागि परिचित यामाहा दैनिक यात्रुहरूदेखि रेसिंग उत्साही र एडभेन्चर खोज्नेहरूसम्म हरेक प्रकारका राइडरहरूका लागि डिजाइन गरिएको छ । एआरएआई (प्रमाणित ७१.३३ केएमपीएल माइलेजका साथ नेपालको उच्चतम माइलेज दिने स्कूटर यामाहा रेजेआर १२५ एफ आइ हाइब्रिडदेखि स्पोर्टी र स्टाइलिश यामाहा आर १५ भी फोर सम्म यामाहाले आफ्नो उच्च स्तरलाई कायम राखेको जनाएको छ। बोल्ड स्ट्रिट प्रेजेन्स खोज्ने राइडरहरूले एमटी–१५ भी टू र एफजेड भी ३ सिरिजमा ध्यान केन्द्रित गर्न सक्छन्, जबकि एरोक्स १५५ स्पोर्टी डिजाइन भएको पर्फर्मेन्स स्कूटरको रूपमा परिचित छ। अफरोड रोज्नेहरूले बलियो डब्लुआर १५५ आर मा भर पर्न सकिनेछ । प्रत्येक यामाहा मेसिन उन्नत जापानी इन्जिनियरिङद्वारा संचालित छ जसले सुरक्षित, कुशल र रोमाञ्चक राइड अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यामाहा ब्लू फेस्ट एक्सचेन्ज इभेन्ट मात्र नभई एक पूर्ण उत्सव भएको र साथीभाई एवं परिवारसँग आएर यसको मजा लिन सक्ने कम्पनीको भनाई छ । कम्पनीका अनुसार डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका, कुनै पनि यामाहा मोडेलको टेस्टराइड गरेर रोमाञ्चक उपहारहरू घरमा लैजान सकिने, गेमिङ जोन–एक्शन–प्याक फन र प्रतियोगिताहरूमा सहभागी हुन सकिनेछ । जसमा फेस पेन्टिंग रहेको छ । महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने प्रस्तुतीको आनन्द लिन सकिने, फ्री एक्सेसरिज, यस बाहेक पनि अन्य धेरै कुराहरू अन्तर्गत एकै ठाउँमा एक्सचेन्ज, अपग्रेड र सेलिब्रेट गर्न वान स्टप अवसर भएको कम्पनीले जनाएको छ ।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल, नेपालको सबैभन्दा विश्वसनीय दुई–पाङ्ग्रे ब्रान्डहरू मध्ये एक हो, जुन यसको अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति समर्पणको लागि परिचित छ। यामाहाले देशभरि उत्कृष्ट राइड अनुभव प्रदान गर्दै निरन्तर नवीनता र सेवाको सीमाहरू अगाडि बढाइरहेको छ।

Health Tips Ad Road Block