काठमाडौं । नयाँवर्ष २०८२ को स्वागत गर्दै, सीजीले आफ्नो लेभल अप ! क्याम्पेनअन्तर्गत नयाँवर्ष ग्राहक योजना ‘लेभल अप ! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो विशेष योजना चैत २२ गतेदेखि लागू गरिएको छ र ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा विभिन्न लाभहरू प्राप्त गर्न सक्नेछन् । रु. ६१,८०० सम्म क्यासब्याक सहित पक्का उपहारहरु पाउने कम्पनीको भनाइ छ । त्यसअन्तर्गत सीजी मेरिडिया गुगल टीभी (६५–१००इन्च) को खरिदमा २.१ स्पिकर, सेमी–अटोमेटिक र टप–लोडवासिङ मेसिनको खरिदमा२ केजी एरियल पाउडर, फ्रन्ट–लोडवासिङ मेसिनको खरिदमा ६ केजी एरियल पाउडर, साइड–बाई–साइड र मल्टि–डोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर ग्राइन्डर, डिशवाशरको खरिदमा डिशवाश र किट एवं एयर कन्डिसनरको खरिदमा निःशुल्क इन्स्टलेसन सेवा रहेका छन् ।
कम्पनीका अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरूमार्फत कार्यान्वयनमा ल्याइएको छ।
अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डकारूपमा सीजीले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर रहेको जनाएको छ।लामो समयदेखि सीजीले उत्कृष्ट बिक्रीपछिको सेवा, उच्च ग्राहक सन्तुष्टि र विश्वस्तरीय प्रविधिद्वारा ग्राहकहरूको मन जित्दै आएको दाबी गरेको छ। देशभरका प्रमुख सहरहरूमा सेवा केन्द्रहरू स्थापना गरी सीजीले आफ्ना ग्राहकहरूलाई निरन्तर सहयोग प्रदान गर्दै आएको पनि जनाएको छ ।




















