skip this News Page Tips Ad Road Block

३९ करोडभन्दा बढीको ट्रेड टावरको आईपीओ आउँदै, लामो समयपछि बोर्डले दियो अनुमति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ट्रेड टावर लिमिटेडले ३९ करोड रुपैयाँभन्दा बढकिो आईपीओ निष्काशन गर्ने भएको छ ।

सोमबार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता अर्थात् ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको हो ।

आवेदन दिएको लामो समयपछि सेबोनबाट कम्पनीको आईपीओ निष्काशनको अनुमति स्वीकृत भएको हो ।

लक्ष्मी सनराइज क्यापिटलले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्नेछ ।

कम्पनीले काठमाडौंको थापाथलीमा ट्रेड टावर निर्माण सम्पन्न गरी संचालन गरिरहेको छ।

 

Health Tips Ad Road Block