skip this News Page Tips Ad Road Block

‘निजी क्षेत्र सक्रिय नभईकन पर्यटन क्षेत्रको विकास हुन सक्दैन’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले निजी क्षेत्र सक्रिय नहुुँदासम्म पर्यटन क्षेत्रको विकास नहुने उद्घोष गरेका छन् ।

शुक्रबार आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम एवम् बजेटमा पर्यटन,नागरिक उड्डन तथा संस्कृति क्षेत्रमा समेटिनु पर्ने विषयका सन्दर्भमा सरोकारवालासँग छलफल र सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले भने, ‘नीजि क्षेत्र सक्रिय नभइकन पर्यटन क्षेत्रको विकास हुन सक्दैन । पर्यटन क्षेत्र बनाउने भनेकै नीजि क्षेत्रले हो । नीजि क्षेत्रले नै गन्तव्य पहिल्याइदिनु पर्छ । नीजि क्षेत्र प्रति राज्यले उद्धार भावका साथ सहयोग गर्छ ।’ मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि लगानीमैत्री बातावरण आवश्यक रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानी कर्ताहरु भित्रने भएकाले राज्यले ठूलो लाभ लिने बताए ।

मन्त्री पाण्डेले यस पटकको बजेट अंकमा नभइ नीतिमा बनाउने बताए । सुझाव दिँदै पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई विशेक्ष क्षेत्रमा राख्नु पर्ने, हवाई भ्याट घटाउनु पर्ने,विदेशीहरुको भिसा लम्बाउने सहजीकरण गर्नु पर्ने,नेपालको एयरलायन्सको संख्या बढाउनु पर्ने,कैलाश,मानसरोबर जाने भारतीय पर्यटकहरुलाई नेपालको रुटमा आवश्यक सुरक्षा प्रवन्ध गरेर अघि बढ्नु पर्ने,तिर्थाटन लगायतको लगायतका पर्यटन क्षेत्रमा विशेष ध्यान दिनु पर्नेमा सुझाव दिएका थिए । मन्त्री पाण्डेले उक्त सुझावहरुलाई आत्मसाथ गरेर अघि बढ्ने वचनबद्धता व्यक्त गरेका छन् ।

Health Tips Ad Road Block