skip this News Page Tips Ad Road Block

आफ्नै धादिङ जिल्लाका जनप्रतिनिधिलाई मन्त्रालयमा बोलाएर कृषिमन्त्री अधिकारीले गरे बजेटबारे छलफल

आज उपत्यकाका पालिका प्रमुख तथा उपप्रमुखसँग छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं वजेट तर्जुमा र प्राथमिकताका विषयकाे छलफललाई तिव्रता दिएका छन् । बिहीबार धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग छलफल गरेका मन्त्री अधिकारीले आज काठमाडौंका स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखसँग छलफल गर्दैछन् ।

बिहीबार मन्त्रालयमा भएको छलफलमा धादिङ जिल्लाका २ नगरपालिका र ११ वटा गाँउपालिकाका प्रमुख तथा उपप्रमुख , मन्त्रालयका सचिवद्धय डा.गोविन्द प्रसाद शर्मा , डा.राजेन्द्र प्रसाद मिश्र लगायत सहभागी थिए । छलफलमा मन्त्री अधिकारीले सरोकारवाला सबैको सुझावका आधारमा मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथमिकता तय गर्ने बताए । ‘कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने भएकाले स्थानीय तहबाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्ने छ,’ मन्त्री अधिकारीले भने ।

मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका पालिकाका प्रमुख एवम् उपप्रमुखहरुसँग पनि यसै विषयमा आज मन्त्रालयमा छलफल आयोजना गरेको जानकारी दिँदै मन्त्री अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका कार्यक्रम र प्राथमिकतालाई स्थानीय सरकारले पनि अपनत्व लिनसक्ने वातावरण बन्न सकोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । आगामी बजेटमा कृषि क्षेत्रमा अघि सारिने कार्यक्रमहरुलाई उत्कृष्ट बनाउन प्रयत्न गर्ने प्रतिवद्धता पनि मन्त्री अधिकारीले व्यक्त गरेका छन् ।

Health Tips Ad Road Block