skip this News Page Tips Ad Road Block

काठमाडौं उपत्यकामा गोगोरोको ४५ वटा ब्याट्री स्वाप स्टेसन सञ्चालनमा, स्मार्ट मोबिलिटीमा नयाँ युगको सुरुवात

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि गोगोरोको नेपालका लागि आधिकारिक बिक्रेता नेबुला इनर्जीले काठमाडौं उपत्यकाभित्र ४५ वटा ब्याट्री स्वाप स्टेशन सञ्चालनमा ल्याएको छ । व्याट्री–स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोको काठमाडौं उपत्यकाभरि पूर्णरूपमा सुञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरु स्थापना गरेको कम्पनीले जनाएको छ । गोगोरोले आफ्नो प्रतिबद्धताअनुरुप स्मार्ट स्कुटरको बिक्री गर्नु अगावै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको काठमाडौंमा एक कार्यक्रम गरी जानकारी दिएको छ । शहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्यमा यो एउटा महत्वपूर्ण उपलब्धि भएको नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले बताए । आज बजारमा गुडिरहेका ८० प्रतिशत पेट्रोलियम दू ह्विलरलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले स्मार्ट मोबिलिटीमा यो नयाँ युगको सुरुवात भएको दाबी गरे ।

प्रत्येक २ देखि ३ किलोमिटरमा दूरीमा गोगोरोका ४५ स्वाप स्टेसनहरूमार्फत चार्जिङको सुबिधा मिलाइएको भन्दै कम्पनीका एमडी चिरञ्जिवी शाहले ब्याट्री चार्जको लागि पर्खने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीहरूमा सजिलै उपलब्ध गराइने बताए ।

 

न्यूनत्तम केवल ६ सेकेन्ड समयमै स्वाप स्टेसनबाट चार्ज भएको ब्याट्री लिएर जानसक्ने भन्दै शाहले यसका कारण नेपाली टू ह्विलर ईभी प्रयोगकर्ताहरुले निर्वाध यात्राको आनन्द लिन सक्ने दाबी गरे ।

कार्यक्रममा स्वाप स्टेसनमा गर्नुपर्ने प्रक्रियाका बारेमा जानकारीसमेत दिइएको थियो ।

कम्पनीका अनुसार गोगोरो स्वाप स्टेसनका प्रमुख विशेषताहरूः

रणनीतिक कमरेजः यात्रुहरुलाई सहज हुने गरी प्रमुख शहरी र आसपासका क्षेत्रहरूमा अवस्थित स्वाप स्टेशन।

२४/७ उपलब्धताः स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालनमा रहने ।

सहज इन्टरफेसः पहिलो पटक प्रयोग गर्नेहरुका लागि पनि सहज र सरल व्याट्री स्वाप प्रणाली।

एडभान्स सुरक्षा तथा अनुगमनः रियल टाइम ब्याट्री हेल्थ निगरानी तथा अन्य सुरक्षा मापदण्डहरु ।

स्क्यालाबिलिटीः भविष्यमा बढ्‌दो मागलाई सहजै व्यवस्थापन गर्न सक्ने संरचना ।

पावर ब्याकअपः स्वाप स्टेशनहरूमा गोगोरो व्याट्री‌द्वारा संचालित इन बिउल्ट यूपिएस प्रणाली उपलब्ध हुनेछ, जसले ग्राहकहरुलाई बिजुली नआएको अवस्थामा समेत ७ दिनसम्म सञ्चालन सुनिश्चितता प्रदान गर्दछ।

नेपालको शहरी यातायातमा ठूलो परिवर्तन

गोगोरोको ब्याट्री–स्वापिङ प्रविधिले ईभीका लागि सबैभन्दा ठूलो अवरोधहरू मध्ये एक रेन्जको (चार्ज सकिने चिन्ता) चिन्तालाई प्रत्यक्ष रुपमा सम्बोधन गर्ने कम्पनीको भनाइ छ । राइडरहरूले व्याट्री सकिने वा चार्जिङको लागि धेरै समय पर्खने बारेमा कहिल्यै चिन्ता लिनु नपर्ने र यसरी स्वाप स्टेसनहरूले ईभी सवारीलाई अझ व्यवहारिक र आकर्षक बनाउने दाबी गरिएको छ ।

हाल गोगोरोका स्टेसनहरू पेट्रोल पम्प, सुपरमार्केट तथा अन्य रणनीतिक स्थानहरुमा राखिएका छन्।  काठमाडौंमा दैनिक १०० भन्दा बढी स्वाप भइरहेको छन् र यो बढ्‌दो क्रममा रहेको कम्पनीको भनाइ छ ।

‘नेपालको ईभी ईकोसिस्टमलाई बलियो बनाउन हामी आफ्नो प्रतिबद्धता पूरा गर्न पाएकोमा गर्व लागेको छ । यी ४५ स्व्याप स्टेसनहरू हाम्रो दीर्घकालीन सोचको पहिलो खु‌ड्किलो मात्र हो, हाम्रो लक्ष्य अझ स्मार्ट र दिगो यातायात प्रणाली निर्माण गर्नु हो,’ नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले भने ।

गोगोरोको बारेमा

सन् २०११ मा स्थापित गोगोरोले आफ्नो अग्रणी ब्याट्री–स्वापिङ नेटवर्कको साथ शहरी ऊर्जा वितरणलाई पुनः परिभाषित गरिरहेको कम्पनीले जनाएकाे छ। इनोभेसनको लागि विश्वप्रसिद्ध गोगोरोले आफ्नो स्मार्ट, स्केबल र सस्टेनेबिलिटी मोबिलिटिका समाधानहरुको साथ शहरी यातायातलाई रूपान्तरण गरेको छ। ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल, सिंगापुर र नेपालमा सञ्चालनमा आएको गोगोरोले इलेक्ट्रिक मोबिलिटी इनोभेसनको नेतृत्व गरिरहेको कम्पनीको भनाइ छ।

Health Tips Ad Road Block