Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रोटोनको नयाँ ईभी ‘ई.एमएएस७’ सार्वजनिक, कति छ मूल्य ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको नयाँ ईभी ‘ई.एमएएस७’ आधिकारिक रुपमा लन्च गरेको छ । काठमाडौंको हायात होटलमा एक विशेष कार्यक्रम गरी प्रोटोन ईभी सार्वजनिक गरिएको हो । अटोमोटिभ क्षेत्रका विज्ञहरू, सञ्चारकर्मीहरू र कारप्रेमीहरूको उपस्थितिमा ईभी सार्वजनिक गरिएको हो ।

कम्पनीका अनुसार यो नवप्रवर्तनकारी मोडेलले हरियो र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्दछ । जुन नेपालमा वातावरणमैत्री यातायात समाधानहरूको बढ्दो माग पूरा गर्न तयार छ। प्रोटोन ‘ई.एमएएस७’ दुई ट्रिम लेभलहरू प्राइम र प्रिमियममा उपलब्ध छ । प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट लगायत विभिन्न छ कलर अप्सनमा सो ईभी उपलब्ध हुनेछ ।

उद्घाटन समारोहमा जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गरिने बताए ।

नेपालका लागि प्रोटोनको स्थानीय वितरक जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सेवा केन्द्र नेटवर्क स्थापना गर्ने योजना बनाएको जनाएको छ । साथै प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन पूर्वाधार विकासमा पनि लगानी गर्ने कम्पनीले जनाएको छ ।

प्रोटोन ‘ई–मास ७’ नेपाली बजारमा दुई भेरियन्ट–प्राइम र प्रिमियममा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यसको सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

Health Tips Ad Road Block