Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विद्युत व्यवस्थापन गर्न जलाशययुक्त कुलेखानीको तीनवटै यूनिट पूर्ण सञ्चालनमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सुख्खायाम सुरु भएसँगै मकवानपुरमा रहेको कुलेखानी जलाशययुक्त आयोजना जलविद्युत केन्द्रका तीनवटै यूनिट पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ । केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट सञ्चालनमा ल्याइएको हो ।

कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टका अनुसार प्रथम, दोस्रो र तेस्रोले क्रमशः ६०, ३२ र १४ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । दिनहुँ १४ देखि १८ घण्टासम्म यी युनिट सञ्चालनमा ल्याइएको उनले बताए । चैत ३ देखि पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको हो ।

रनअफ रिभरमा आधारित आयोजनाहरुबाट सुक्खायाममा विद्युत उत्पादन घटेपनि विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको हो ।

Health Tips Ad Road Block