Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एएसी ब्लक उत्पादकहरूको पहिलो सम्मेलन सम्पन्न, दिगो भविष्य निर्माण र इनर्जी बचतमा जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौंमा एएसी ब्लक उत्पादकहरूको पहिलो सम्मेलन सम्पन्न भएको छ । ‘दिगो भविष्य निर्माण’ मुख्य नारासहित संघका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षता सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा देशैभरबाट प्रतिनिधित्व गर्ने वरिष्ठ ईन्जिनियर, निर्माण व्यवसायीहरुलाई एएसी व्लकको बारेमा आवश्यक जानकारी गराईएको छ ।

भारतीय एएसी विज्ञ तथा कंक्रिट टेक्नोलोजिष्ट मुकुन्द जोशी सम्मेलनको मुख्य वक्ताको रुपमा रहेका थिए । उनले विश्व बजारमा यसको प्रयोगबारे जानकारी गराउनुका साथै नेपालजस्तो भूकम्पीय जोखिम रहेको स्थानमा एएसी व्लक एक विश्वसनीय निर्माण सामग्रीको रुपमा परम्परागत ईटा तथा व्लकको उत्तम विकल्प भएको दाबी गरे । ३ वर्ष अगाडि टर्कीमा गएको विनाशकारी भूकम्प र यसबाट हुन गएको क्षती र तत्पश्चात टर्की सरकारले अवलम्वन गरेको निर्माण व्यवस्थालाई भूकम्पीय जोखिममा रहेको नेपालको हकमा पनि लागु गर्न सकिने उनले जानकारी गराए । त्यस्तै एएसी व्लक ताप र ध्वनी प्रतिरोधक हुने भएको कारणले समेत निर्माणपश्चात ईनर्जी बचत हुने जानकारी गराउँदै विगतका वर्षहरुमा एएसी व्लकमा दखिएको केही संकोच एएसी व्लकको गुणस्तरमा नभै यसलाई प्रयोग गर्ने विधीमा समस्या भएको उनले बताए । वर्तमान अवस्थामा यस समस्या समाधान भईसकेकोले सम्पूर्ण आर्किटेक्ट/इन्जिनियर, निर्माण व्यवसायी तथा आम उपभोक्ताहरुले निर्धक्क भएर एएसी व्लक प्रयोग गर्न सकिने र यसको ज्वलन्त उदाहरण भारतको विगतको २० वर्षको निर्माणमा गरिएको अभ्यासलाई समेत हेर्न सकिने उनले बताए ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव ई.गोपाल प्रसाद सिग्देलले सरकारको तर्फबाट एएसी व्लकलाई प्रयोग गर्न आवश्यक नर्मस् तयार भई अनुमोदन समेत भइसकेको र नेपाल गुणस्तर प्रमाणीकरणको मानक तयार भइसकेको हुँदा सम्पूर्ण उद्योगहरुलाई उक्त गुणस्तर मानकअनुसार व्लक उत्पादन गरी बिक्री वितरण गर्न अनुरोध गरे । साथै उद्योगहरुलाई थप व्यवसायिक बनाउन नेपाल सरकार तत्पर रहेको समेत उनले बताए । कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले नेपाल सरकारबाट पारित भएको एएसी व्लकको नर्मस्को विधिवत अनावरण समेत गरे ।

कार्यक्रमका सहभागी वरिष्ठ आर्किटेक्ट अरुण देव पन्तले एएसी व्लक र यसको उपादेयिताको बारेमा जानकारी लिई हामीले पहिला नै प्रयोग गरिसकेको र यस सम्मेलनपश्चात थप ढुक्क भई प्रयोग गर्न र एएसी व्लक प्रयोगका लागि सुझावसमेत दिन सक्ने बताए । यसैगरी कार्यक्रमका सहभागी वरिष्ठ सिभिल ईन्जिनियर प्रा.डा.पुरुषोत्तम डंगोलले एएसी व्लक भूकम्पीय जोखिम न्यूनिकरण गर्न अग्ला तथा ठूला भवन निर्माण गर्दा स्ट्रक्चरल लागत घटाउनसमेत उत्तम विकल्प भएकोले ढुक्क भएर प्रयोग गर्न सुझाव दिए ।

कार्यक्रममा सहभागी नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष ई.विरेन्द्रराज पाण्डेले उत्पादन प्रक्रिया अन्तर्राष्ट्रिय स्तरको रहेको, वातावरणीय हिसाव, निर्माण लागत कम गर्न तथा उत्पादन मूल्य समेत उचित रहेको जानकारी गराए ।

कार्यक्रमका अध्यक्ष एव संघका अध्यक्ष निकोलस पाण्डेले यस कार्यक्रमबाट आफूहरु थप उत्साहित भएको र भविष्यमा समेत सबै क्षेत्रबाट सहयोगको अपेक्षा रहेको बताए ।

हाल स्वदेशमा एएसी व्लक उत्पादन गर्ने उद्योगहरु ९ वटा संचालनमा रहेका छन् । यी उद्योगहरुमा करिब ५०० करोडको लगानी रहेको छ । प्रत्यक्ष र अप्रत्यक्षरुपमा करिब ५,००० जनालाई रोजगारीको अवसर सिर्जना गरिएको समेत कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रमको अन्त्यमा संघका उपाध्यक्ष अनिल कुमार थपलियाले कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्ने सबैप्रति धन्यवाद दिँदै एएसी ब्लक उद्योगको बारेमा चर्चा गरेका थिए ।

Health Tips Ad Road Block