Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वैकल्पिक सडकहरुको विकास प्राथमिकतामा राख्ने सरकारी ध्यान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैकल्पिक सडकहरुको विकास प्राथमिकतामा राख्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय राजमार्गहरु अवरुद्ध हुन नदिन वैकल्पिक सडकहरुको विकास र विस्तार गरिने स्पष्ट पारेका हुन् । ललितपुरका विभिन्न ग्रामिण क्षेत्रका सडकहरुको निरीक्षणका लागि त्यहाँ पुगेका उनले वैकल्पिक सडकहरुको विकास र विस्तार गरी ग्रामिण क्षेत्रमा समेत सडकको पहुँच स्थापित गरिने धारणा राखे ।

सोक्रममा आयोजित कार्यक्रममा उनले वैकल्पिक सडकहरुको विकास र विस्तारले ग्रामिण क्षेत्रमा सडक सञ्जाल स्थापित हुनका साथै राष्ट्रिय राजमार्गहरुको विकल्प समेत तयार हुने बताए ।

जनप्रतिनिधी एवम् स्थानीयबासीहरुले राखेको लेले–चन्दनपुर–फापरवारी सडक निर्माण र विस्तारको मागलाई संवोधन गर्दै उनले पूर्वी नेपाल र संघीय राजधानीलाई जोड्न यो सडक नयाँ विकल्प हुन सक्ने भएकाले आवश्यक अध्ययन गरिने बताए । सो क्रममा उनले उक्त सडकको सम्भाव्यता अध्ययन गर्न संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेलाई निर्देशन समेत दिए ।

पूर्व सांसद नवराज सिलवालले सो सडक खण्डलाई चतारा–धरान सडकमा जोड्न सके पूर्वी नेपाल जोड्ने वैकल्पिक रुट तयार हुने बताए । उनले ललितपुरको दक्षिणी क्षेत्र संघीय राजधानी भित्र भएर पनि दुर्गम रहेको भन्दै उक्त सडक विस्तारले स्थानीको आर्थिक विकासमा समेत सहयोग पुग्ने धारणा राखे ।

यस्तै एमाले केन्द्रिय सदस्य रुपनारायण श्रेष्ठ, ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्य लगायतले लेले–चन्दनपुर–फापरवारी सडकलाई वीपी राजमार्ग तथा पूर्वी तराईसँग जोड्न जरुरी रहेकोमा जोड दिए ।

त्यस्तै महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी, कोन्ज्योस्याङ् गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले दक्षिणी ललितपुरलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न माग गरेका थिए । सो क्षेत्रमा प्रदेश सरकारमार्फत सडक निर्माणको काम भई रहे पनि पर्याप्त नहुने भएकाले संघीय सरकारले नै प्राथमिकतामा राख्नुपर्ने माग उनीहरुको छ ।

सडक डिभिजन कार्यालय ललितपुरका प्रमुख गोपाल खकुरेल, विभागका ईन्जिनियर प्रमोद खतिवडा एवम् प्राविधिकहरुको टोलीसहित ग्रामिण सडकहरुको निरीक्षणमा मन्त्री पुगेका थिए ।

Health Tips Ad Road Block