Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एसडीआई आटोमोबाइल्स र टाइगर पावरको मेकानिक रिबोरर मिट एवं इन्जिन मेकानिक्स भेला सम्पन्न

टाइगर पावरका उत्पादन एसडीआईले बिक्री गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एसडीआई अटोमोबाइल्स प्रालि र टाइगर पावरद्धारा आयोजित मेकानिक रिबोरर मिट एवं इन्जिन मेकानिक्स भेला सम्पन्न काठमाडौंमा सम्पन्न भएको छ । एसडीआई अटोमोबाइल्स र सत्यदिप इन्टरनेशनलका अध्यक्ष दिपेन्द्र मिश्र, नेपाल नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दिपेन्द्र बुढाथोकी, नेपाल नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने, टाइगर पावर कम्पनीका विज्ञ एसिया प्यासिफिक म्यानेजर विमान घोष, एसडीआई अटोमोबाइल्सका मार्केटिङ प्रमुख संजिव हमाल, इन्जिन मर्मत गर्ने मेकानिक्सहरु लगायतको उपस्थितिमा मेकानिक रिबोरर मिट सम्पन्न भएको हो । शुक्रबार सम्पन्न रिबोरर मिटमा टाइगर पावरका उत्पादन अब एसडीआई अटोमोबाइल्सले बिक्री गर्ने घोषणा समेत गरिएको थियो ।

त्यसक्रममा टाइगर पावर ब्रान्डका लाइनर र इन्जिन भल्व लगायतका विभिन्न पार्टस, गुणस्तर र प्राबिधिक ज्ञानका बारेमा मेकानिक्सहरुलाई आवश्यक जानकारी प्रदान गरिएको थियो । मेकानिक्सहरुलाई आवश्यक जानकारी प्रदान गर्दै टाइगर पावर कम्पनीका विज्ञ एवम् एसिया प्यासिफिक म्यानेजर विमान घोषले टाइगर पावरका उत्पादनबारे अवगत गराए । कम्पनीले बजारमा उपलब्ध गराउँदै आएको लाइनर र भल्बका बारे जानकारी दिंदै उनले नेपाली बजारमा कुनै मोडल उपलब्ध नभएको भए त्यसलाई उपलब्ध गराइने प्रतिबद्धता जनाए । कम्पनीले ३ हजारभन्दा बढी भेराइटी र साइजका लाइनर र २ हजारभन्दा बढी इन्जिन भल्व उत्पादन गर्दै आएको जनाएको छ । एसडीआई अटोमोबाइल्सले दिर्घकालिनरुपले व्यवसाय अगाडि बढाउने स्थितिलाई मनन गर्दै डिष्ट्रिब्युटर नियुक्ति गरिएको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दिपेन्द्र बुढाथोकी, निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले इन्जिनसम्बन्धी काम गर्ने मेकानिक्सहरुलाई अगामी दिनमा थप आवश्यक तालिम उपलब्ध गराउन कम्पनीले ध्यान दिनुपर्ने बताउँदै गुणस्तरीय उत्पादनमा जोड दिनुपर्नेबारे सुझाए । गुणस्तरीय पार्टससँगै उत्कृष्ट सेवा दिएर सेवाग्राहीलाई सन्तुष्टि दिलाउन मेकानिक्सहरु लाग्नुपर्ने उनीहरुको सुझाव थियो ।

कार्यक्रममा सत्यदिप इन्टरनेसनल प्रालिका अध्यक्ष दिपेन्द्र मिश्र, एसडीआई अटोमोबाइल्सका मार्केटिङ प्रमुख सञ्जिव हमालले ग्राहकलाई सदैव गुणस्तरीय उत्पादन उपलब्ध गराइरहने प्रतिबद्धता व्यक्त गर्दै विशेष अफर सहित टाइगरका उत्पादनमा बजारमा उपलब्ध गराइएकाे बताए ।

साे अवसरमा उपस्थितहरुलाई एसडीआई अटोमोबाइल्सका सेल्स हेर्ने मार्केटिङ अफिसर केशव वाग्लेले कम्पनीका उत्पादनमा विशेष अफर घोषणा गरेका थिए । त्यसअनुसार उपस्थित मेकानिक्सहरुले सो अवसरमा टाइगर पावरका सामान खरिदमा ५० हजार रुपैयाँसम्मको सामान अर्डर गर्दा २ प्रतिशत, १ लाखसम्मको अर्डरमा ३ प्रतिशत र १ लाख ५० हजार वा सोभन्दा माथिको खरिदमा ५ प्रतिशत विशेष छुट घोषणा गरिएको थियो । अर्डर लिनेहरुले उक्त छुट पाएको कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block