Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सर्वसाधारणका लागि ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ निष्काशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी साठी करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने अठार करोड रुपैयाँ बराबरको कूल १८ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति पाएको थियो । कम्पनीले त्यसको १० प्रतिशत अर्थात १,८०,००० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई निष्काशन गरी बाँडफाँड गरिसकेको छ । त्यस्तै ३ प्रतिशत अर्थात ५४,००० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ५०,००० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरे पश्चात् बाँकी रहेको १४ लाख ७६ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

यस आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम १०, ००० कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले यस आईपीओमा चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरिरहेको छ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

Health Tips Ad Road Block