काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा तनहुँका डा. रघुराज काफ्लेलाई नियुक्त गरेको छ ।
सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।
स्वास्थ्य मन्त्रालयले डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।





















