काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो । मूल्य बढेर सुन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा पुगेको छ ।
चाँदी प्रतितोला १९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






















