Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हकप्रद जारी गर्ने प्रस्तावसहित युनाइटेड मोदीले बोलायो साधारण सभा, तोक्यो बुक क्लोजको मिति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले एघारौं वार्षिक साधारण सभा आव्हान गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले चैत २७ गते बुधबार बिहान ११ बजे कालीमाटी वैड्‌केट हल, कालिमाटी, काठमाडौंमा बस्नेगरी साधारण सभा बोलाएको हो ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ । साधारण सभाले अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

त्यसैगरी कम्पनीको दशौं वार्षिक साधारण सभाबाट हाल कायम रहेको चुक्ता पूँजी १,२३,०५,००,००० बमोजीमको शेयर संख्या १,२३,०५,००० कित्ता शेयर बराबर १ः१ अनुपातमा हकप्रद शेयर जारी तथा निश्काशन गर्ने निर्णय भएकोमा सो शेयर अनुपात संशोधन गरी १ शेयर दरले ०.६५ अनुपातमा जारी तथा निश्काशन गर्ने प्रस्ताव पनि साधारण सभामा पेस हुँदैछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि आगामी चैत ८ गते शेयरधनी दर्ता किताब बन्द रहने (बुक क्लोज) हुने जनाएको छ । यसअनुसार चैत ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

Health Tips Ad Road Block