काठमाडौं । स्थानीय तहदेखि संघसम्मै रोजगारी सिर्जनाका विभिन्न उपाय खोज्ने उद्देश्यसहित नेपाली कांग्रेसले मिसन रोजगारी अभियान शुरु गरेको छ । अभियान १ वर्षसम्म सञ्चालन गर्नेगरी आइतबार घोषणा भएको हो ।
अभियानका क्रममा रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थाका विविद्य विषयमा सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवालासँग छलफल गरिने कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् । नेपालको जेठो र ठूलो पार्टी कांग्रेसले रोजगारीको एजेन्डालाई पहिलो प्राथमिकतामा राखेर अभियान थालेको उनले बताए ।
त्यसैगरी अर्का महामन्त्री विश्वप्रकाश शर्माले तत्काल जागीर दिनेभन्दा पनि दिर्घकालका लागि नेपालमा आवश्यक पर्ने दक्ष जनशक्तिबारे संघ, प्रदेश र स्थानीय तहमा नीतिगतरुपमै मार्गनिर्देशका बनाउनका लागि सहयोग पुर्याउनु अभियानको मुख्य उद्देश्य रहेको बताए






















