काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ रहेको छ भने चाँदी प्रतितोला १९९० रुपैयाँ रहेको छ ।






















