Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एमजीले सार्वजनिक गर्यो एस ५, नेपाली ईभी बजारमा नयाँ तरङ्ग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मोरिस ग्यारेज (एमजी) ले नेपाली बजारमा नयाँ एमजी एस ५ एसयूभी सार्वजनिक गरेको छ । एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक कार्यक्रमकाबीच नयाँ एस ५ ईभी सार्वजनिक गरेको हो ।

परामाउन्टले शुरुवाती मूल्य ४३ लाख ९९ हजार राखेर एस ५ सार्वजनिक गरेको हो । यसले नेपाली ईभी गाडीको बजारमा कडा टक्कर दिने र एक किसिमको तरङ्ग नै ल्याउने बिहीबार एमजी एस ५ सार्वजनिक कार्यक्रममा उपस्थितहरुले प्रतिक्रिया जनाएका थिए ।

कम्पनीले ४९.१ किलोवाट आवरको ब्याट्री भएको मोडललाई दुई भेरियन्टमा उपलब्ध गराएको जनाएको छ । तीनीहरुमा ४३ लाख ९९ हजार रुपैयाँ र फूल अप्सन भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

दुईवटा ब्याट्री अप्सनमध्ये कम्पनीले ६२.२ किलोवाट आवरको ब्याट्री भएको भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेकाे जनाएको छ ।

नेपाली बजारको आवश्यकता, ग्राहकको रुचिअनुरुपका उत्कृष्ट विशेषतासहितको एस ५ बजार ल्याएको दाबी गर्दै पारामाउन्ट मोटर्सले नेपाली उपभोक्ताको मन जित्ने विश्वास लिएको छ ।

Health Tips Ad Road Block