Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हुलाकी मार्ग अभियानः सडकभरि स्वागत, चोकचोकमा सभा

Citizenlife ad 2082 falgun to baishak 2083

सर्लाही । नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान आज सर्लाही जिल्लामा रहेको छ। फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरीहुँदै सर्लाही आएको हो । आजै सर्लाहीका कार्यक्रम सकेर अभियान टोली रौतहट जाने छ।

अभियानको जिल्ला बढ्दै गर्दा जनसहभागिता पनि बढ्दै गएको छ। बिहान ६ बजे मर्निङ वाक गरेर सुरु गरिने अभियानका कार्यक्रम राति ९ बजेसम्म चल्ने गरेका छन् । अभियानको क्रममा सडकैभरि फूलमाला बोकेर उभिएका सयौं कार्यकर्ता र शुभेच्छुकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेताहरुलाई स्वागत गर्ने गरेका छन् । स्वागतमा सबै उमेर समूह र बढी महिलाहरु सडकमा आउने गरेका छन् । स्वागतपछि चोकचोकमा चोक सभा हुने गरेको छ भने एक जिल्लामा एक मुख्य सभा हुने गरेको छ।

सर्लाहीमा प्रवेश गरेपछि हिजोदेखि विभिन्न स्थानमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका स्थानीय कमिटीहरुले संयुक्त स्वागत कार्यक्रम राखेका छन्। सो पार्टीका अध्यक्ष महेन्द्रराय यादव पनि अभियानमा सहभागी छन् ।

हुलाकी मार्गमा पर्ने स्थानीय तहहरुले अभियान टोलीलाई स्वागत गरिरहेका छन् । जुन दलबाट जितेका जनप्रतिनिधि भए पनि पूर्वप्रधानमन्त्रीसहित देशका शीर्ष नेता गाउँमा आउनुलाई अवसरको रुपमा लिएर उनीहरुले स्वागत गर्ने गरेका छन् ।

अभियान टोलीले जनताकै घरमा सामूहिक रुपमा खाना खाने र बाँडिएर बस्ने गरेको छ। आज सर्लाहीमा अभियान टोली बिहानै पर्सा गाउँपालिकाको मुस्लिम बस्तीमा पुगेर रमजानको शुभकामना आदान प्रदान गरेको थियो । त्यसपछि चन्द्रनगर, ब्रह्म्पुरी गाउँपालिकाका विभिन्न स्थानमा जनभेटघाट, स्वागत र चोकसभा सप्पन्न भएका छन् भने मङ्गलवामा जनसभा हुँदैछ।

Health Tips Ad Road Block