skip this News Page Tips Ad Road Block

एनआईसी एशिया बैंकको २७ औँ साधारणसभा सम्पन्न, अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिहीबार काठमाडौंकाे भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न बैंकको साधारण सभाले प्रतिशेयर १०० रूपैयाँका दरले ५ अर्ब रूपैयाँ बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर (NIC ASIA Perpetual Non-Cumulative Preference Share)  जारी गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको स्वीकृति प्राप्त गरी ५ अर्ब रूपैयाँ बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित भएको हो ।

वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Health Tips Ad Road Block