Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मूल्य नघटेको भएमा कारबाही सहन तयार रहेको सिमेन्ट उत्पादकहरूको प्रतिबद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगी र निर्माण व्यवसायीहरुसँग छलफल गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले सिमेन्टको मूल्य नघटेको गुनासो गरेपछि सोमबार दुवै पक्षसँग सिंहदरबारमा छलफल गरिएको हो ।

छलफलका क्रममा निर्माण व्यवसायीहरूले सिमेन्ट उत्पादकहरूले बढाएको मूल्य यथावत राखेको गुनासो गरेका छन् भने उत्पादकहरूले मूल्य घटेको दाबी गरेका छन् । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले अधिकांश सिमेन्ट उद्योगीहरूले बढेकै मूल्यमा कारोबार गरिरहेको गुनासो गरे, “जिल्ला दररेटमा केही रकम थप गरेर बिक्री गर्न भएको सहमति कार्यान्वयन भएको छैन, केही उद्योगीले धेरथोर मूल्य घटाए पनि अधिकांशको मूल्य यथावत छ ।” उनले भने,। सिमेन्ट उत्पादकहरूले कार्टेलिंग समेत गरिरहेको निर्माण व्यवसायीको आरोप छ ।

यता सिमेन्ट उत्पादकहरूले भने गत महिना मन्त्री भण्डारीकै पहलमा भएको सहमतिलाई कार्यान्वयन गरेको दाबी गरेका छन् । उनीहरूले जिल्ला दररेट कायम गर्ने बेलाको औसत मूल्य भन्दा १ सय १५ रुपैयाँ बढीमा सिमेन्ट बिक्री गरिरहेको दाबी गरेका छन् । उक्त मूल्य भन्दा दायाँबायाँ भएको अवस्थामा आफूहरू कारबाही सहन तयार रहेको उनीहरूको प्रतिबद्धता छ ।

सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष रघु नन्दन मारुले भने, “हामीले मन्त्री ज्यू सामु गरेको प्रतिबद्धता पूर्ण पालना गरेका छौँ, कुनै कम्पनीले उधारोमा कारोबार गर्दा केही रकम बढी लिएको हुन सक्ला तर समग्रमा त्यस्तो छैन, अहिले हाम्रो जुन सहमति छ त्यसैका आधारमा कारोबार भइरहेको छ ।” उनले सिमेन्टमा कार्टेलिंग नभएको दाबी समेत गरे ।

उद्योग मन्त्री भण्डारीले सिमेन्ट उद्योगीले सहमति कार्यान्वयन नगरेको अवस्थामा सरकारले अन्य विकल्प खोज्न बाध्य हुने बताए । गत महिना सिमेन्टको भाउ अस्वभाविक रूपले बढाइएको आम उपभोक्ता तथा निर्माण व्यवसायीको गुनासो थियो । यसको सहजीहकरणका लागि मन्त्री भण्डारीले सम्बधीत पक्षसँग पटक पटक संवाद गर्दै उपयुक्त मूल्य निर्धारणका लागि पहल गररेका थिए ।

सिमेन्ट उत्पादक र निर्माण व्यवसायी एक अर्काका परिपूरक भएकाले नजिकको दूरी बनाएर अघि बढ्न सुझाव दिए ।

Health Tips Ad Road Block