काठमाडौं । नेपाली बजारमा आज दोस्रो दिन पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
गत शुक्रबारकै मूल्यमा आइतबार र सोमबार सुनचाँदीको मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ रहेको छ ।
यसैगरी चाँदी प्रतितोला १९१५ रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।






















