Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अग्नि सुरक्षा र इलेक्ट्रोनिक सुरक्षासम्बन्धी काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आगामी चैत २४ र २५ गते काठमाडौंमा अग्नि सुरक्षा र इलेक्ट्रोनिक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी हुने भएको छ । होटल याक एण्ड यति, दरबार मार्ग, काठमाडौंमा सम्मेलन आयोजना हुने छ । विभिन्न क्षेत्रमा आगलागीसम्बन्धी जोखिम न्यूनीकरण, सुरक्षा प्रविधिको प्रवद्र्घन तथा स्थानीय स्तरमा जनचेतना अभिवृद्धिका लागि  आप्सा नेपालको आयोजनामा सम्मेलन हुन लागेको हो ।

सम्मेलनको उद्देश्य

आगलागीको समस्या नेपालको प्रमुख चुनौतीहरू मध्ये एक हुन् । हरेक वर्ष आगलागीका घटनाहरूले जनधनको ठूलो क्षति पुर्याउँदै आएको, जसको सामना गर्नका लागि सरकारतथा स्थानीय तहले गरेका प्रयास प्रभावकारी भएपनि समुदाय स्तरमा थप सचेतना र नवीन समाधानहरू प्रवाह गर्ने उद्देश्यका साथसम्मेलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

सम्मेलनका मुख्य उद्देश्यहरुः

–अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षासम्बन्धी ज्ञान, प्रविधि, सूचना, विचार, समाधानको आदानप्रदानका लागि सबै सुरक्षाकर्मी, सम्बन्धित कर्मचारीहरूलाई एउटै छानामुनि ल्याएर अन्तरक्रियाको मञ्च निर्माण गर्ने ।

–सरकारी अधिकारी र निजी कम्पनीहरूको ध्यानाकर्षण गर्ने र दैनिक सञ्चालनमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षाबारे सचेत गराउने ।

–अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा व्यवस्थापनमा नियामक अनुपालन, मापदण्डहरू र उत्कृष्ट अभ्यासहरू छलफल गर्न फोरम प्रदान गर्ने ।

–अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा प्रविधिहरू र समाधानहरूमा नवीनतम प्रगतिहरू अन्वेषण गर्ने ।

–अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उद्योगमा प्रमुख चुनौती र अवसरहरू सम्बोधन गर्ने ।

–स्थानीय समुदायहरूमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उपायहरू र रोकथाम रणनीतिहरूबारे चेतना जगाउने ।

सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ७५३ नगरपालिका, अन्तर्राष्ट्रिय विशेषज्ञहरू, उद्योगका नेताहरू, तथा आगलागी तथा इलेक्ट्रोनिक सुरक्षासम्बन्धी विज्ञहरूलाई एकसाथ उपस्थित गराउने आयोजक आप्सा नेपालका अध्यक्ष सुनिल कुमार श्रेष्ठले बताए ।

विश्वभरका विज्ञहरूको सहभागिता

अन्तर्राष्ट्रिय अग्नि सुरक्षा तथा इलेक्ट्रोनिक सुरक्षा सम्मेलन एवं प्रदर्शनी २०२५ ले सहभागीहरूलाई आगलागी तथा सुरक्षा प्रणालीसँग सम्बन्धित नवीनतम प्रविधि, प्रवृत्ति, र उत्कृष्ट अभ्यासहरूबारे जानकारी दिने सुनौलो अवसर प्रदान गर्ने आप्सा नेपालका महासचिव मधु सुदन थापाले बताए । १४ विभिन्न राष्ट्रहरू (चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्याण्ड, भियतनाम) का मुख्य वक्ताहरू, छलफल सत्रहरू, तथा प्रदर्शनीहरू सम्मेलनमा समावेश हुने आयोजकले जनाएको छ । कार्यक्रमको लागि दर्ता खुलाइ सकेको र चैत ५ सम्म सहभागीता दर्ता गर्ने सहभागीहरूका लागि प्रारम्भिक–पक्ष छुटहरू उपलब्ध रहेको आयोजकको भनाइ छ । ।

 

Health Tips Ad Road Block