काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘the HRM Awards for Corporate Excellence 2024’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिकरुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा यस विकास बैंकलाई ‘Corporate Excellence 2024 in Development Bank, Regional Bank and Finance Company’ विधामा उक्त अवार्डबाट सम्मानित गरेको हो ।
गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा फागुन १३ गते मंगलबार द प्लाजा, ललितपुरमा आयोजना भएको उक्त अवार्डको जुरी मेम्बरमा प्रा.डा. फत्त बहादुर के.सी. (जुरी चिफ), सशिन जोशी (विभिन्न वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत रही हाल अध्यक्ष, फोनपे पेमेन्ट सोलुसन प्रा.लि.), सरिता अधिकारी (पूर्व डाईरेक्टर, नेपाल राष्ट्र बैंक) र दिल भुषण पाठक (वरिष्ठ पत्रकार) रहेका थिए । यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्याएको र आगामी दिनहरुमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सबल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराउने बैंकले जनाएको छ ।
यही अवसरमा गरिमा विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्ने सम्पूर्ण ग्राहक, शेयरधनी, सरोकारवाला, नियमनकारी निकाय एवं शुभचिन्तकप्रति कृतज्ञता व्यक्त गरेको छ ।
हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।






















