काठमाडौं । बिहीबार पनि सुनको मूल्य घटेको छ । बुधबार तोलामा ८ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा रहेको छ ।
चाँदी प्रतितोला १९४५ रुपैयाँमा रहेको छ । हिजोको तुलनामा आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।






















