Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको साधारण सभा आव्हान, घोषित लाभांश पारितसँगै यस्ता छन् एजेण्डा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले आफ्नो ५८ औँ वार्षिक साधारण सभा आव्हान गरेको छ । फागुन ६ गते शुक्रबार बसेको कर्पोरेशनको सञ्चालक समितिको १०६८ औँ बैठकले चैत्र १५ गते शुक्रबार बिहान ११ बजेका लागि ५८ औँ वार्षिक साधारण सभा आव्हान गरेको हो । त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा साधारण सभा हुनेछ ।

साधारण सभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांशबापत तीन करोड बिस लाख एकहत्तर हजार छ सय पन्चानब्बे रुपैयाँ (कर प्रयोजनार्थ समेत) वितरण गर्ने निर्णयलाई स्वीकृत गर्नेछ ।

त्यसैगरी आर्थिक वर्ष २०८०/२०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहित सोही आवको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सानीको विवरण, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण लगायतमा छलफल गरी पारित गर्नेछ ।

साधारण सभाले लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्नेछ । त्यसैगरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा बाढी पीडितको लागि जम्मा गरेको राहत रकम अनुमोदन गर्ने पनि कम्पनी सचिव उमेश कुमार ओझाले जानकारी दिएका छन् ।

साधारण सभा र बोनस प्रयोजनको लागि कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म कर्पोरेशनको शेयर दाखिला खारेज बन्द गर्ने भएको छ । यसअनुसार चैत १ गते अगावै कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउने र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

Health Tips Ad Road Block