काठमाडौं । अमेरिकाले विश्वका धनाढ्यालाई गोल्ड कार्ड बेच्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार यो घोषणा गरेका हुन् । सिएनएन् खबरले जनाएअनुसार राष्ट्रपति ट्रप्पले ५० लाख अमेरिकी डलर तिरेर गोल्ड कार्ड विश्वका धनाड्यहरुले किन्न सक्नेछन् । उनले भनेका छन्, ‘अमेरिकाले धनी विदेशीहरूलाई गोल्ड कार्ड बेच्नेछ । यसबाट उनीहरूलाई अमेरिकामा बस्न र काम गर्ने अधिकार दिनेछ र ५० लाख डलर शुल्कको यो कार्ड पाउनेले अमेरिकाको नागरिकताको बाटो प्रस्ताव गर्न पनि सकिनेछ । ’
उनले धनीहरूलाई यो कार्ड किनेर अमेरिकामा आउने बाटो खुला भएको बताएका छन् । ट्रम्पले करिब दुई हप्तामा कार्डको बिक्री सुरु हुने र त्यस्ता लाखौं कार्ड बेच्न सकिने सुझाव दिएका छन्।
रुसी धनाड्यहरुले समेत यो कार्ड किन्न सक्ने उनले बताएका छन् ।
यो कार्डले सरकारको इबी–५ आप्रवासी लगानीकर्ता भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्ने र विदेशी लगानीकर्ताहरूलाई अमेरिकी परियोजनाहरूमा पैसा लैजान अनुमति दिने र त्यसमार्फत रोजगारी सिर्जना गर्ने आशा गरिएको छ ।






















